News Summary
Generated by OK AI. Editorially reviewed.- इन्जुरी समयमा एन्जो फर्नान्डेजले गोल गरेपछि चेल्सीले वेस्ट ह्याम युनाइटेडमाथि ३-२ को जित हासिल गरेको छ।
- वेस्ट ह्यामका जिन क्लेयर तोडिबोले ११औं मिनेटमा रातो कार्ड पाएका थिए भने पहेंलो कार्ड पनि वर्षा भएको थियो।
- जितपछि चेल्सी २४ खेलमा ४० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ भने वेस्ट ह्याम २० अंकसहित १८औं स्थानमा छ।
१८ माघ, काठमाडौं । इन्जुरी समयमा एन्जो फर्नान्डेजले गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्याम युनाइटेडमाथि ३-२ को जित हासिल गरेको छ ।
२-२ को बराबरी भइरहेको अवस्थामा १० मिनेटभन्दा बढी समय चलेको इन्जुरी समयको दोस्रो मिनेटमा एन्जोले गोल गरेका थिए । इन्जुरी समय तनावपूर्ण समेत बनेको थियो ।
वेस्ट ह्यामका जिन क्लेयर तोडिबोले ११औं मिनेटमा रातो कार्ड पाएका थिए । यस्तै पहेंलो कार्डको समेथ वर्षा भएको थियो ।
त्यसअघि खेलमा सुरुवाती अग्रता वेस्ट ह्यामले लिएर २ गोलको अग्रता बनाएको भएपनि जोगाउन सकेन । सातौं मिनेटमा जारोड बोवेनले गोल गर्दै अग्रता दिलाएका थिए । ३६औं मिनेटमा क्रिसेन्सो समरभिलले गोल गरेपछि पहिलो हाफमा वेस्ट ह्यामले २-० को अग्रता बनायो ।
५७औं मिनेटमा जोआओ पेड्रो अनि ७०औं मिनेटमा मार्क कुकरेलाले गोल गरेपछि चेल्सी खेलमा फर्किएको थियो । खेल बराबरीमै सकिने संकेत देखिएको भएपनि एन्जोले गोल गर्दै ३ अंक हासिल गराए ।
जितपछि चेल्सी २४ खेलमा ४० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम २० अंकसहित १८औं स्थानमा छ ।
प्रतिक्रिया 4