+
+
Shares

पाल्पाका २९ मतदानस्थल अतिसंवेदनशील

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते ११:३६

१८ माघ, पाल्पा । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा ११८ मतदानस्थलमध्ये २९ वटालाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

क्षेत्र नं १ का ५२ निर्वाचनस्थलमध्ये २० वटा अतिसंवेदनशील रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार क्षेत्र नं २ मा ९ वटा अतिसंवेदनशील निर्वाचनस्थल रहेका छन् ।

क्षेत्र नं १ मा २४ वटा संवेदनशील र ८ वटा सामान्य रहेको प्रजिअ बज्राचार्यले बताइन । क्षेत्र नं २ मा संवेदनशील २६ र सामान्य ३१ वटा मतदानस्थल रहेका छन् । पाल्पा क्षेत्र नं २ मा जम्मा ६६ वटा निर्वाचन स्थल रहेका छन्

जिल्लाभर रहेका ११८ निर्वाचन स्थलमा प्रत्येक केन्द्रमा एकदिख पाँचवटासम्म मतदान केन्द्र रहेका छन् ।

वि.स. २०७९ को निर्वाचनमा जिल्लाभर २४६ वटा मतदान केन्द्र रहेकोमा अहिले बढेर २५१ वटा पुगेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए । मतदाता सङ्ख्या बढेका कारण मतदान केन्द्र थप भएको उनले बताए ।

पाल्पामा हाल दुई लाख सात हजार ४३६ जना मतदाता छन् । २०७९ तुलनामा ६ हजार ११० जना मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

-कमल अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?