+
+
Shares
सरकारको 'ट्राभल एड्भाइजरी' :

‘इरानमा रहेका नेपाली छिटो फर्किनू, जान लागेकाले भ्रमण स्थगित गर्नू’

सरकारले इरानमा भएका नेपालीलाई जतिसक्दो स्वदेश फर्किन भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते १६:२०

१८ माघ, काठमाडौं । सरकारले इरानमा भएका नेपालीलाई जतिसक्दो स्वदेश फर्किन भनेको छ । अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरान जान तयारी गरिरहेकाले भ्रमण स्थगित गर्न भनेको हो ।

‘पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौँ । हाल इरानमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो इरान छोड्न सल्लाह दिन्छौँ’ परराष्ट्रले भनेको छ ।

सरकारले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण डकुमेन्टहरू पासपोर्स्ट, परिचयपत्रलगायतहरू सहजै भेटिने स्थानमा राख्न पनि भनेको छ । परराष्ट्रले समन्वयका लागि नेपालस्थित दूतावास, कतारस्थित दूतावासँग सम्पर्कमा रहिरहन पनि भनेको छ ।

इरानमा नेपाली भएको तर, कति संख्यामा छन् भन्ने तथ्यांक छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?