+
+
Shares

एनआईसी एसिया बैंकले ल्यायो ‘गोल्ड लोन’ योजना, सुन धितो राखेर ५० लाखसम्म कर्जा पाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते १८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनआईसी एसिया बैंकले १८ माघदेखि सुन तथा सुनका गहना धितो राखेर १ देखि ३ प्रतिशत प्रिमियम दरमा गोल्ड लोन योजना सार्वजनिक गरेको छ।
  • यस योजनामा ग्राहकले धितो राखिने सुनको बजार मूल्यको ७० देखि ८० प्रतिशतसम्म कर्जा पाउनेछन् र कर्जा सीमा ५० लाख रुपैयाँसम्म छ।
  • बैंकले ग्राहकलाई सहज सेवा दिन ‘कर्जा सहायता केन्द्र’ स्थापना गरेको छ र सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलले यसबारे जानकारी दिनुभयो।

१८ माघ, काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकको वित्तीय आवश्यकता मध्यनजर गर्दै प्रतिस्पर्धी ब्याजदरमा आकर्षक ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ ।

बैंकले आइतबारदेखि सुन तथा सुनका गहना धितो राखेर प्रवाह गरिने यो कर्जा योजना सार्वजनिक गरेको हो ।

बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले सुनको बार वा सुनका गहना धितो राखेर न्यूनतम १ देखि अधिकतम ३ प्रतिशतसम्मको प्रिमियम दरमा कर्जा प्राप्त गर्न सक्नेछन् । यस योजनामा ग्राहकले ५० लाख रुपैयाँसम्मको कर्जा सीमा सुविधा पाउनेछन् ।

बैंकले धितो राखिने सुनको बजार मूल्यको ७० देखि ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने जानकारी दिएको छ । यसका साथै सुनका गहना खरिद गर्न चाहने ग्राहकका लागि पनि यो कर्जा योजना उपयोगी हुने बैंकको दाबी छ । ग्राहकले बैंकले तोकेका शाखाबाट यो सुविधा लिन सक्नेछन् ।

ग्राहकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न बैंकले ‘एकद्वार प्रणाली’ अनुरूप ‘कर्जा सहायता केन्द्र’ समेत स्थापना गरेको छ । यस केन्द्रमार्फत ग्राहकले कर्जासम्बन्धी सल्लाह, सुझाव तथा जिज्ञासाको तत्काल समाधान पाउने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र रावलले जानकारी दिए ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नारासाथ अघि बढिरहेको एनआईसी एसिया बैंकले ग्राहकको बदलिँदो आवश्यकता सम्बोधन गर्न यो प्रतिस्पर्धी योजना ल्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?