News Summary
Generated by OK AI. Editorially reviewed.- एनआईसी एसिया बैंकले १८ माघदेखि सुन तथा सुनका गहना धितो राखेर १ देखि ३ प्रतिशत प्रिमियम दरमा गोल्ड लोन योजना सार्वजनिक गरेको छ।
- यस योजनामा ग्राहकले धितो राखिने सुनको बजार मूल्यको ७० देखि ८० प्रतिशतसम्म कर्जा पाउनेछन् र कर्जा सीमा ५० लाख रुपैयाँसम्म छ।
- बैंकले ग्राहकलाई सहज सेवा दिन ‘कर्जा सहायता केन्द्र’ स्थापना गरेको छ र सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलले यसबारे जानकारी दिनुभयो।
१८ माघ, काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकको वित्तीय आवश्यकता मध्यनजर गर्दै प्रतिस्पर्धी ब्याजदरमा आकर्षक ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ ।
बैंकले आइतबारदेखि सुन तथा सुनका गहना धितो राखेर प्रवाह गरिने यो कर्जा योजना सार्वजनिक गरेको हो ।
बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले सुनको बार वा सुनका गहना धितो राखेर न्यूनतम १ देखि अधिकतम ३ प्रतिशतसम्मको प्रिमियम दरमा कर्जा प्राप्त गर्न सक्नेछन् । यस योजनामा ग्राहकले ५० लाख रुपैयाँसम्मको कर्जा सीमा सुविधा पाउनेछन् ।
बैंकले धितो राखिने सुनको बजार मूल्यको ७० देखि ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने जानकारी दिएको छ । यसका साथै सुनका गहना खरिद गर्न चाहने ग्राहकका लागि पनि यो कर्जा योजना उपयोगी हुने बैंकको दाबी छ । ग्राहकले बैंकले तोकेका शाखाबाट यो सुविधा लिन सक्नेछन् ।
ग्राहकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न बैंकले ‘एकद्वार प्रणाली’ अनुरूप ‘कर्जा सहायता केन्द्र’ समेत स्थापना गरेको छ । यस केन्द्रमार्फत ग्राहकले कर्जासम्बन्धी सल्लाह, सुझाव तथा जिज्ञासाको तत्काल समाधान पाउने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र रावलले जानकारी दिए ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नारासाथ अघि बढिरहेको एनआईसी एसिया बैंकले ग्राहकको बदलिँदो आवश्यकता सम्बोधन गर्न यो प्रतिस्पर्धी योजना ल्याएको जनाएको छ ।
प्रतिक्रिया 4