+

राष्ट्रिय लिग : मनाङ मर्स्याङ्दीको दोस्रो जित

२०८२ माघ  १८ गते २२:३८ २०८२ माघ १८ गते २२:३८
राष्ट्रिय लिग : मनाङ मर्स्याङ्दीको दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिग फुटबलमा फ्रेण्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ।
  • नवराज गुरुङले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गर्दै मनाङलाई दोस्रो जित दिलाए ।
  • मनाङले ५ खेलबाट ६ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।

१८ माघ, काठमाडौं । नवराज गुरुङले इन्जुरी टाइममा गरेको गोलमा मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिग फुटबलमा आइतबार फ्रेण्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ ।

राष्ट्रिय लिगमा सुरुवाती तीन खेलमा लगातार पराजित भएको मनाङ मर्स्याङ्दीको यो लगातार दोस्रो जित हो । र ५ खेलबाट ६ अंक जोडेर मनाङ आठौं स्थानमा उक्लेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आन्द्रे इबो यामोहले गोल गर्द मनाङ मर्स्याङ्दीलाई पहिले अग्रता दिलाएका थिए । फ्रेण्ड्सका लागि प्रशान्त लक्षमले ४७औं मिनेटमा बराबरी गोल फर्काए ।

बराबरीतर्फ अग्रसर खेलमा नवराज गुरुङले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गर्दै मनाङलाई जित दिलाए । उनी इन्जुरी टाइमकै दोस्रो मिनेटमा सुरेश कुमालको स्थानमा मैदान प्रवेश गरेका थिए ।

फ्रेण्ड्सको भने ५ खेलमा यो तेस्रो हार हो । ५ खेलबाट जम्मा ४ अंक जोडेको फ्रेण्ड्स दशौँ स्थानमा छ ।

राष्ट्रिय लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय