News Summary
Generated by OK AI. Editorially reviewed.- मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिग फुटबलमा फ्रेण्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ।
- नवराज गुरुङले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गर्दै मनाङलाई दोस्रो जित दिलाए ।
- मनाङले ५ खेलबाट ६ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।
१८ माघ, काठमाडौं । नवराज गुरुङले इन्जुरी टाइममा गरेको गोलमा मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिग फुटबलमा आइतबार फ्रेण्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ ।
राष्ट्रिय लिगमा सुरुवाती तीन खेलमा लगातार पराजित भएको मनाङ मर्स्याङ्दीको यो लगातार दोस्रो जित हो । र ५ खेलबाट ६ अंक जोडेर मनाङ आठौं स्थानमा उक्लेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आन्द्रे इबो यामोहले गोल गर्द मनाङ मर्स्याङ्दीलाई पहिले अग्रता दिलाएका थिए । फ्रेण्ड्सका लागि प्रशान्त लक्षमले ४७औं मिनेटमा बराबरी गोल फर्काए ।
बराबरीतर्फ अग्रसर खेलमा नवराज गुरुङले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गर्दै मनाङलाई जित दिलाए । उनी इन्जुरी टाइमकै दोस्रो मिनेटमा सुरेश कुमालको स्थानमा मैदान प्रवेश गरेका थिए ।
फ्रेण्ड्सको भने ५ खेलमा यो तेस्रो हार हो । ५ खेलबाट जम्मा ४ अंक जोडेको फ्रेण्ड्स दशौँ स्थानमा छ ।
प्रतिक्रिया 4