१९ माघ, काठमाडौं । खोटाङ र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौत्यखोलास्थित सडकमा कदुवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०२-०२९ प ९७२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दुर्घटना हुँदा चालक ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-३ बस्ने ३५ वर्षीय मोतीराज राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रुम्जटार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सप्तरीको सुरुङ्गा नगरपालिका-४ कनकपुरस्थित सडकमा ना.५ ख ८५८० नम्बरको ट्रकले प्रदेश-०५-००१ प ६८७३ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक उदयपुर त्रियुगा नगरपालिका-४ बगहा बस्ने ३२ वर्षीय रूपक बस्नेतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहान सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4