News Summary
Generated by OK AI. Editorially reviewed.- डा. गोविन्द केसीले १२ दिनमा पश्चिम नेपालको विभिन्न ठाउँमा ९०० बढी बिरामीको नि: शुल्क उपचार गरेका छन्।
१९ माघ, काठमाडौं । १२ दिनमा डा. गोविन्द केसीले ९०० बढी बिरामीको नि: शुल्क उपचार गरेका छन् । पश्चिम नेपालको भ्रमणका क्रममा उनले विभिन्न ठाउँमा पुगी ९०० बढी बिरामीको उपचार गरेका हुन् ।
डा. केसीले पश्चिम रुकुमको चौरजहारी र आठबिसकोटबाट एकल निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका थिए । त्यसपछि बड्डिचौर हुँदै सुर्खेतको सालकोट नगर अस्पतालमा आएर उनले आइतबार मात्रै शिविर स्थगित गरेका थिए ।
त्यसक्रममा सालकोट नगर अस्पतालमा १८०, चौरजहारीमा ४००, आठबिसकोटमा १५० जना हार्ड जोर्नी तथा नसा सम्बन्धी बिरामीको उनले उपचार गरेका थिए । त्यस्तै बड्डिचौरमा २५० र सालकोट (पलैटे) मा १८० जनाको उनले उपचार गरेका थिए ।
डा. केसीको शिविरमा बिरामीहरूको व्यवस्थापन गर्न स्थानीय स्वास्थ्य चौकीहरूले सहयोग गरेका थिए ।
स्वास्थ्य शिविर डा.केसी अहिले काठमाडौं फर्किएका छन् ।
उनले लामो समयदेखि दुर्गम तथा स्वास्थ्य सेवाबाट वञ्चित क्षेत्रका नागरिकलाई लक्षित गर्दै आफ्नै पहलमा निःशुल्क उपचार सेवा प्रदान गर्दै आइरहेका छन् ।

प्रतिक्रिया 4