+

छैटौं दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

२०८२ माघ  १९ गते २०:२८ २०८२ माघ १९ गते २०:२८
छैटौं दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीलंकाको कोलम्बोमा हुने छैटौं दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली टोलीलाई सोमबार बिदाइ गरिएको छ।
  • प्रतियोगिता फेब्रुअरी ४ देखि १० गतेसम्म हुनेछ र पुरुष तथा महिला टोलीले रेगु र क्वाड्रेन्ट स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।
  • टोली बुधबार श्रीलंका जानेछ र यसमा १० खेलाडी, संघका अध्यक्ष, व्यवस्थापक र प्रशिक्षक रहेका छन्।

१९ माघ, काठमाडौं । श्रीलंकाको कोलम्बोमा हुने छैटौं दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने १० खेलाडीसहित १४ सदस्यीय नेपाली टोलीलाई सोमबार बिदाइ गरिएको छ ।

यही फेब्रुअरी ४ देखि १० तारिख (माघ २१ देखि २७ गते)सम्म हुने प्रतियोगितामा सहभागी हुने पुरुष खेलाडीमा दिपेशजंग थापा, रोशन तामाङ, रविन भट्टराई, राजन नेपाली र विकास कुमाल रहेका छन् ।

महिलामा सुमित्रा डंगोल, चन्द्रा चौधरी, इनु चौधरी, उषा महर्जन र पायल शाही छन् । पुरुष र महिला दुवै टोलीले रेगु र क्वाड्रेन्ट स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल सेपाताक्रो संघले जनाएको छ ।

अफिसियलमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, टिम व्यवस्थापकमा अक्कलबहादुर तामाङ तथा प्रशिक्षकमा नरबहादुर थापा र श्यामबहादुर श्रेष्ठ रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले सोमबार बिदाइ गरे । टोली बुधबार श्रीलंका जाने छ ।

दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिप नेपाली सेपाकताक्रो टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय