२० माघ, विराटनगर । मोरङको रंगेली नगरपालिका–५ मा एक युवकले श्रीमतीको हत्या गरेका छन् । श्रीमतीपछि आफैंमाथि पनि चक्कु प्रहार गरेका उनको घटनास्थलमै ज्यान गएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब २:४५ बजे रंगेली–५ धनपट्टीमा यो घटना भएको हो ।
मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार रंगेली–५ बहुवनका २१ वर्षीय मुकेशकुमार मण्डल ससुराली घर गएका थिए । त्यहाँ उनले २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलमाथि चक्कु प्रहार गरेका थिए ।
श्रीमतीको मृत्यु भएलगत्तै मुकेशले सोही चक्कुले आफ्नै घाँटीमा प्रहार गरेका थिए । मुकेशको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4