+
+
Shares

सामसङ नेपालको होली अफर : वासिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १८:१८

२० माघ, काठमाडौं । सामसङ नेपालले होली अफर घेषणा गरेको छ । यो अफर अन्तर्गत वासिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्स्चेन्ज बोनस पाइने छ ।

१ फेब्रुअरीदेखि १४ मार्च २०२६ सम्म देशभरिका अधिकृत सामसङ रिटेलरमा यो अफर लागु हुनेछ । अफर अन्तर्गत वासिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न मोडेलमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ ।

ग्राहकले ७ किलेोदेखि १२ किलोसम्मका एआई इकोबबल वासर ड्रायर, फ्रन्ट–लोड र सेमी–अटोमेटिक टप–लोड वासिङ मेसिनमा अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी सिंगल डोर, डबल डोर र साइड–बाई–साइड रेफ्रिजिरेटरमा १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध छ ।

सामसङ वासिङ मेसिनमा डीआईटी मोटरमा २० वर्ष वारेन्टी तथा ४ सय भेल्टसम्मको भोल्टेज फ्लक्चुएसनबाट सुरक्षा र अन्य रेफ्रिजिरेटरमा ३ सय भेल्टसम्मको भोल्टेज फ्लक्चुएसनबाट सुरक्षा उपलब्ध छ जसले गर्दा दीर्घकालीन टिकाउपन सुनिश्चित हुन्छ । सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ ।

त्यसैगरी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकले सामसङ होम अप्लायन्स शून्य प्रतिशत ब्याजदरमा सजिले ईएमआई विकल्पसँग प्राप्त गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?