२० माघ, खोटाङ । खोटाङमा एमालेबाट निर्वाचित पूर्व गाउँपालिका अध्यक्ष कृष्णकुमार राई नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखमा राई एमाले छाडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
२०७४ सालमा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित राई माघ २० गते नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आयोजित कार्यक्रममा पूर्वसांसद एवं पार्टीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’, राजन राई, भीम राई, जलसेर राई, प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि रोका लगायतले राईलाई स्वागत गरेका थिए ।
नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका राई एमालेका पूर्व सचिवालय सदस्य हुन् । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा भने पराजित भएका थिए ।
पूर्व गाउँपालिका अध्यक्षसँगै केपिलासगढी गाउँपालिका कमिटि सचिव रमेश परियार, सदस्य निरण श्रेष्ठ, बाक्सिला वडा कमिटि अध्यक्ष दिनेश राई लगायत २२ जना प्रवेश गरेको नेपाली कम्युनिस्ट पार्टीले जनाएको छ ।
प्रतिक्रिया 4