+
+
Shares

कांग्रेस कार्यवाहक मुख्यसचिव बने दुलाल

सभापति थापाले पौडेलको राजीनामा स्वीकृत गर्दै सचिव कृष्णप्रसाद दुलाललाई  कार्यवाहक मुख्य सचिवको जिम्मेवारी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १६:४८

२१ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरेका छन् । सभापति थापाले बुधबार मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत गरेका हुन् ।

विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन भएपछि पौडेलले ८ माघमा पदबाट राजीनामा दिएका थिए । उनी ७ वैशाख २०७३ देखि कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिव नियुक्त भएका थिए ।

सभापति थापाले पौडेलको राजीनामा स्वीकृत गर्दै सचिव कृष्णप्रसाद दुलाललाई  कार्यवाहक मुख्य सचिवको जिम्मेवारी दिएका छन् । उनलाई  विधानको धारा २५ (१०), कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) र कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम कार्यवाहक मुख्य सचिवको जिममेवारी दिइएको सचिव प्रकाश शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?