+
+
Shares

‘ट्राफिक प्रहरी ‘रोड एम्बास्डर’ हुन्’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ट्राफिक प्रहरीलाई ‘रोड एम्बास्डर’ रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले ट्राफिक प्रहरीलाई सडकका \'रोड एम्बास्डर\' भएको बताए ।
  • उनले ट्राफिक प्रहरीलाई सडक शिक्षक र न्यायाधीश समेत भएको उल्लेख गर्नुभयो र नागरिकलाई सेवक भएर काम गर्न निर्देशन दिए ।

२१ माघ, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ट्राफिक प्रहरीलाई ‘रोड एम्बास्डर’ रहेको बताएका छन् ।

काठमाडौं उपत्यकाका ट्राफिकलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा प्रमुख अधिकारीले सडकमा खटिने प्रहरी ‘रोड एम्बास्डर’ रहेको बताएका हुन् ।

‘दुर्घटना न्यूनीकरण दायित्व ट्राफिक प्रहरीको हो । दुर्घटनाको मुख्य कारण मानवीय हो । सबैलाई सुसूचित गर्ने काम ट्राफिक प्रहरीको हो । तपाईहरू सडकको एम्बास्डर हो । स्मार्ट बोल्ने । म्यासेज डेलिभर गर्ने । सडकको राजदूत हो,’ उनले भने ।

प्रमुख अधिकारीले ट्राफिक प्रहरी सडकको शिक्षक र न्यायाधीश पनि रहेको बताए । ‘लेन, लाइट, ओभर पास के हो भनेर सुसूचित गर्ने सडक शिक्षक हो । पब्लिक पुलिस पार्टनरसिप हुनुपर्छ,’ उनले भने, ‘ट्राफिक प्रहरी सडक न्यायाधीश हो । कुशासन गर्नेलाई प्रमाण हेरेर कारबाही गर्ने हो ।’

जनतालाई दुःख होइन सेवक भएर काम गर्न उनले निर्देशन दिए । ‘नागरिकलाई विश्वास बढाउने र सेवक भएर काम गर्ने हो । सडकमा बेथिति गर्नेलाई कानुन अनुसार कारबाही गर्नुपर्छ,’ उनले भने, ‘ट्राफिक प्रहरीले आफ्नो भाषा र आचरण राम्रो बनाउनुपर्छ ।’

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रहरीको सवारी दुर्घटान र क्षमता अभिवृद्धि गर्न गर्न १६ दिने तालिमको आयोजना गरेको हो । प्रत्येक दिन १०० जना ट्राफिक प्रहरी हुन्छन् । उपत्यकामा हाल १ हजार ६ सय ट्राफिक प्रहरी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?