News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी टी-२० विश्वकपअघिको अन्तिम वार्म अप खेलमा आज क्यानडासँग चेन्नईको एमए चिदाबरम स्टेडियममा सवा १ बजेदेखि खेल्दै छ।
- नेपालले पहिलो वार्म अप खेलमा यूएईलाई पराजित गरेको थियो भने मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ र श्रीलंका 'ए' सँग अभ्यास खेल खेलेको थियो।
- टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुनेछ र नेपालले माघ २५ मा इंग्ल्यान्डसँग पहिलो खेल खेल्नेछ।
२२ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपअघिको तयारीस्वरुप अन्तिम वार्म अप खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ ।
चेन्नईको एमए चिदाबरम स्टेडियममा हुने खेल दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । नेपालले पहिलो वार्म अप खेलमा यूएईलाई पराजित गरेको थियो ।
आजको वार्म अप खेलमा कप्तान रोहित पौडेल नखेल्ने सम्भावना छ । विश्वकपअघि कप्तानहरूसँगको अन्तर्क्रिया कार्यक्रम आज दिउँसो रहेकाले रोहित त्यहाँ उपस्थित हुने बुझिएको छ।
नेपालले त्यसअघि मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग र श्रीलंकामा श्रीलंका ‘ए’ सँग अभ्यास खेल खेलेको थियो ।
श्रीलंका ‘ए’ सँग ३ खेल खेल्दा १ खेल मात्र जितेको नेपालले एमसीएलाई दुवै खेलमा हराएको थियो ।
फेब्रुअरी ७ (माघ २४) देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुने टी-२० विश्वकपमा नेपालले पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्नेछ ।
नेपालले माघ २९ मा इटली, फागुन २ मा वेस्ट इन्डिज अनि फागुन ४ मा स्कटल्यान्डसँग खेल्नेछ ।
प्रतिक्रिया 4