+
+
Shares

एमालेले फिर्ता लियो रुकुमपूर्वमा प्रलोपाका सन्दीपलाई दिएको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते ९:५९

२२ माघ, काठमाडौँ । नेकपा एमालले रुकुमपूर्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

यसअघि भएको सहमति अनुसार एमालेले रुकुम पश्चिममा प्रलोपाकै जनार्दन शर्मा र पूर्वमा सन्दीप पुनलाई समर्थन गर्ने सहमति गरेको थियो । तर, नयाँ समहमति गर्दै पुनलाई दिएको समर्थन फिर्ता लिएको हो ।

रुकुमपूर्वमा एमालेका लिलामणि गौतम उम्मेदवार छन् । २०८२ माघ १८ गते भएको सहमतिलाई दुवै दलले संशोधन गर्दा एमालेले रुकुमपूर्वमा दिएको समर्थन फिर्ता लिएको हो ।

नयाँ सहमतिपत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन् ।

नयाँ सहमतिमा कर्णाली प्रदेशका हुम्ला, जुम्ला र मुगु जिल्लासहित पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमालेका उम्मेदवारलाई समर्थन गर्ने छन् ।

रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड उम्मेदवार छन् । कांग्रेसबाट कुसुमदेवी थापा र रास्वपाबाट लखनकुमार थापालगायत ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?