News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको छ।
- आज सुन तोलाको २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो बुधबार तोलामा १४ हजार ४ सय रुपैयाँ बढेको थियो।
- बिहीबार चाँदीको भाउ पनि घटेर तोलाको ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
२२ माघ, काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहीबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको छ ।
आज सुन तोलाको २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार तोलामा १४ हजार ४ सय रुपैयाँ बढेको थियो ।
महासंघका अनुसार बिहीबार चाँदीको भाउमा पनि गिरावट आएको छ । बुधबार तोलाको ५ हजार ६ सय रुपैयाँ रहेको चाँदी आज ६ सय २० ले घटेर ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार सुनको भाउ १५ माघमा हालसम्मकै सर्वाधिक भएको थियो । त्यसदिन तोलाको ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यसपछि सुनको भाउ बिस्तारै घटिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4