+
+
Shares

प्रेरणाको स्रोतको रूपमा भोजप्रसादलाई सधैं सम्झिरहने छौं : प्रलोपा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १५:०९
फाइल तस्वीर

२२ माघ, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले डा. बाबुराम भट्टराईको बुवाको निधनबाट पार्टी मर्माहत भएको जनाएको छ ।

अध्यक्ष परिषदका सदस्य सुदन किराँतीले आज शोक वक्तव्य जारी गर्दै पार्टी मर्माहत भएको जनाएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईका बुवा भोजप्रसादको आज काठमाडौंमा ९७ वर्षको उमेरमा निधन भएको थियो । उनको आजै काठमाडौंको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

किराँतीले प्रेरणाको स्रोतको रूपमा भोजप्रसादलाई सधैं सम्झिरहने जनाएका छन् ।

जारी गरेको शोक वक्तव्यमा लेखिएको छ, ‘एक व्यक्तिले जीवनका नौ दशकभन्दा बढी पार गरिरहँदा अर्को सिंगो पुस्ताको लागि एक अनुभव, संस्कार र मार्गदर्शनको स्रोत बन्दो रहेछ । त्यसैले कुनै परिवार, समाज र सन्तानको सफलतामा एक अभिभावकको मौन योगदान कति गहिरो हुन्छ भन्ने उदाहरण बुवा भोज प्रसाद भट्टराईको जीवनले प्रस्तुत गरेको छ ।’

‘बुवा भोजप्रसाद भट्टराई भौतिक रूपमा नरहे पनि उहाँलाई प्रेरणाका रूपमा समाजले सधैं सम्झी रहनेछ,’ शोक व्यक्तव्यमा लेखिएको छ ।

किराँतीले भोजप्रसादप्रति श्रद्धाञ्जली अर्पण गर्दै डा. भट्टराईसहित शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?