+

ला लिगामा भ्यालेन्सियामाथि रियल मड्रिडको जित

२०८२ माघ  २६ गते ९:४६ २०८२ माघ २६ गते ९:४६
ला लिगामा भ्यालेन्सियामाथि रियल मड्रिडको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनिस ला लिगामा रियल मड्रिडले भ्यालेन्सियामाथि २-० को जित निकालेको छ।
  • रियलका अल्भारो कारेरास र किलियन एमबाप्पेले एक-एक गोल गरे।
  • रियलले २३ खेलबाट ५७ अंक जोडेको छ र बार्सिलोनासँगको अंकदूरी १ मा झारेको छ।

२६ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले जित निकालेको छ ।

रियलले भ्यालेन्सियामाथि उसैको मैदानमा २-० को जित निकालेको हो । रियलको जितमा अल्भारो कारेरास र किलियन एमबाप्पेले एक-एक गोल गरे ।

दुवै गोल दोस्रो हाफमा भएका थिए । ६५औं मिनेटमा कारेरासले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

इन्जुरी समयको पहिलो मिनेटमा एमबाप्पेले गोल गरेपछि रियल २-० ले विजयी भयो ।

जितपछि दोस्रो स्थानको रियल २३ खेलबाट ५७ अंक जोडेको छ र बार्सिलोनासँगको अंकदूरी फेरि १ मा झारेको छ । बार्सिलोनाको ५८ अंक छ ।

पराजित भ्यालेन्सिया २३ अंकसहित १७औं स्थानमा छ ।

रियल मड्रिड स्पेनिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय