+
टी-२० विश्वकप २०२६ :

ओमानमाथि जिम्बाबेको एकपक्षीय जित

२०८२ माघ  २६ गते २०:४८ २०८२ माघ २६ गते २०:४८
ओमानमाथि जिम्बाबेको एकपक्षीय जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह 'डी' को खेलमा जिम्बाबेले ओमानलाई ८ विकेटले हराएको छ।
  • ओमानले दिएको १०४ रनको लक्ष्य जिम्बाबेले १३.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको छ।
  • जिम्बाबेका ब्रायन बेनेटले अविजित ४८ रन बनाए भने रिचार्ड एनगर्भा, ब्लेसिङ मुजराबानी र ब्राड्ली इभान्सले ३-३ विकेट लिए।

२६ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत सोमबार भएको दोस्रो खेलमा जिम्बाबेले ओमानमाथि एकपक्षीय जित निकालेको छ ।

समूह ‘डी’ अन्तर्गतको खेलमा जिम्बाबेले ओमानलाई ८ विकेटले हराएको हो । ओमानले दिएको १०४ रनको लक्ष्य जिम्बाबेले १३.३ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्‍यो ।

जिम्बाबेका लागि ब्रायन बेनेटले अविजित ४८ रन बनाए । ब्रेन्डन टेलर ३१ रनमा रिटायर्ड हर्ट भए भने तडिवन्शे मरुमानीले ३१ रन बनाए ।

ओमानका लागि दुवै विकेट सुफिया मेहमुदले लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान १९.५ ओभरमा १०३ रनमा अलआउट भएको थियो ।

ओमानका लागि विनायक शुक्लाले सर्वाधिक २८ रन बनाए भने सुफिया मेहमुदले २५ रन बनाए ।

जिम्बाबेका रिचार्ड एनगर्भा, ब्लेसिङ मुजराबानी र ब्राड्ली इभान्सले ३-३ विकेट लिए भने कप्तान सिकन्दर राजाले १ विकेट लिए ।

जितसँगै जिम्बाबेले २ अंक जोडेको छ । यो समूहको पहिलो खेलमा आइतबार श्रीलंकाले इंग्ल्यान्डलाई हराएको थियो ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय