+
+
Shares

बैतडीकी ‘भोटिङ पोस्टर वुमन’ भनेर चिनिने भट्टको ११६ वर्षमा निधन

पञ्चायतकालदेखि लोकतन्त्रसम्म निरन्तर मतदान गर्ने मानमतीदेवी, यस वर्षपनि मतदान गर्नकै लागि तराइबाट पहाड उक्लिएकी थिइन् ।

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८२ माघ २७ गते २१:१९

२७ माघ, बैतडी । बैतडीकी ‘भोटिङ पोस्टर वुमन’ भनेर चिनिने मानमतीदेवी भट्टको ११६ वर्षको उमेरमा निधन भएको छ । मुटु रोगबाट ग्रसित भट्टको हिजो (सोमबार) निधन भएको हो ।

पाटन नगरपालिका–४ की भट्ट पञ्चायतकालदेखि हालसम्म लगातार मतदान गर्दै आएकी थिइन् । सोही वडाको उदयदेव आधारभूत विद्यालयमा मतदान गर्ने गरेकी भट्टको सोमबार निधन भएको परिवारका सदस्यहरूले जानकारी गराएका छन् ।

आफ्नो मताधिकार कहिले नछोडेकी भट्ट ‘मतदान केवल अधिकार होइन, जिम्मेवारी हो’ भन्ने गर्थिन् ।

जिसस प्रमुख समेत रहेका उनका छोरा सिद्धराज भट्ट भन्छन्, ‘वि.स. २०७० सालदेखि हाम्रो मतदान केन्द्रमा जहिल्लै पनि उहाँनै पहिलो मत खसाल्नुहुन्थ्यो ।’

उनी तराइमा बस्दै आएकी थिइन् । यसपटक पनि मतदान गर्नकै लागि भनेर उनी पहाड उक्लिएकी थिइन् ।

‘मताधिकार प्रयोग नगर्नेले गुनासो गर्ने नैतिक अधिकार गुमाउँछन् भन्ने मानसिकता बोकेर जहिलेको निर्वाचनमा खुसी भएर मतदान गनुहुन्थ्यो,’ भट्टले सुनाए, ‘तराइमा बस्दै आउनु भएको हो, मतदानकै लागि यही माघ २४ गते यहाँ आउनुभयो, २५ गते निधन भयो ।’

वि.स. २०७९ सालमा भएको निर्वाचनमा पनि उनले सञ्चारकर्मीसँग भनेकी थिइन्, ‘मैले देशको अवस्था र व्यवस्थाका लागि भएका घटनाक्रम नजिकबाट देखेकी छु । अब देशमा स्थायित्व होस्, गरिबको दिन पनि आओस् भन्ने चाहेकी छु ।’

हरेक निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने सन्देश दिने रुपमा यहाँका मतदाताहरू चिनिने गरेको जिल्ला समन्वय समितिका सदस्य करन कठायतले बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?