२९ माघ, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य गिरावट आएको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम छ।
हिजो बुधबार सुन तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ भने तोलामा ५० रुपैयाँ बढेको छ । आज चाँदी तोलामा ५ हजार ३ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
हिजो बुधबार चाँदी तोलामा ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4