+
+
Shares

जहरसिंह पौवाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १५:४८

२९ माघ, काठमाडौं । शंखरापुर नगरपालिकाको जहरसिंह पौवाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

प्र ३–०१–००५ ख ९५५१ नम्बरको बस शंकरापुर–३ स्थित फेदीमा दुर्घटना भएको हो । उक्त बस आफैं अनियन्त्रित भएर दुई मिटर पर रहेको टहरामा ठोक्किएको प्रहरीले बताएको छ । बसमा सवार ३२ जना मध्ये चार जना घाइते भएको प्रहरीले बताएको छ ।

उक्त बस सिन्धुलीको तीनपाटन गाउँपालिका–७ का ३३ वर्षीय लोकबहादुर तामाङले चलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?