+

हङकङमा आयोजित कार्यक्रममा ३ नेपाली चिकित्सक र एक अस्पताल पुरस्कृत

२०८२ माघ  २९ गते १८:५७ २०८२ माघ २९ गते १८:५७
हङकङमा आयोजित कार्यक्रममा ३ नेपाली चिकित्सक र एक अस्पताल पुरस्कृत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हङकङमा सम्पन्न ४१औँ एपीएओ कांग्रेसमा नेपालका तीन चिकित्सक र एक स्वास्थ्य संस्था पुरस्कृत भएका छन्।

हङकङमा सम्पन्न ४१औँ एसिया-प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (एपीएओ) कांग्रेस तथा ३७औं हङकङ नेत्र विज्ञान संगोष्ठीमा नेपालका तीन चिकित्सक र एक स्वास्थ्य संस्था पुरस्कृत भएका छन् । ४१औँ एपीएओ कंग्रेस तथा ३७औं नेत्र विज्ञान संगोष्ठी ५-८ फेब्रुअरीमा हङकङमा सम्पन्न भएको थियो।

सोही अवसरमा नेपालका भिट्रियो–रेटिना सर्जन डा. संयम बजिमाया लाई एपीपीओ विशिष्ट सेवा पुरस्कारबाट सम्मानित गरिएको छ । यो सम्मान आफ्नो देश तथा एशिया–प्यासिफिक क्षेत्रमा नेत्रचिकित्सा सेवाको विकास र सुदृढीकरणमा विशिष्ट योगदान पुर्‍याउने एपीपीओ सदस्य राष्ट्रका नेत्ररोग विशेषज्ञहरूलाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ ।

डा. संयम बजिमाया हाल नेत्रधाम आई केयर सेन्टर प्रा.लि., ललितपुरका प्रबन्ध निर्देशक हुन् । उनी नेपाल भिट्रियो–रेटिना सोसाइटीका अध्यक्ष हुन् । नेपाल अफथाल्मिक सोसाइटीमा विभिन्न नेतृत्वदायी भूमिकामा रही नेत्रचिकित्सा सेवा, शिक्षा तथा अनुसन्धानको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

साथै, सगरमाथा चौधरी आँखा अस्पताल, लहानलाई एपीपीओ अन्धोपन रोकथाम उत्कृष्ट सेवा पुरस्कार प्रदान गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पताल, लहान सन् १९८३ मा स्थापना भएको थियो । यसले हाल ४५० बेडसहित पूर्वी नेपाल तथा सीमावर्ती भारतका लाखौं विपन्न नागरिकलाई गुणस्तरीय, सुलभ र उच्चस्तरीय आँखा सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी, तिलगंगा आँखा प्रतिष्ठानका बाल नेत्ररोग विशेषज्ञ डा. सृजना अधिकारीले एपीएओ अचिभमेन्ट अवार्ड प्राप्त गरेकी छिन् । डा. सुधा रानाभाटले प्रोफेसर यासुओ तानो ट्राभल ग्रेन्ट २०२६ प्राप्त गरेको नेपाल अप्थाल्मिक सोसाइटीका महासचिव डा. तेजसु सिंह मल्लले जानकारी दिए ।

आँखा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम