News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई ४-० गोलअन्तरले पराजित गरेको छ।
- एट्लेटिकोले पहिलो हाफमै चार गोल गरेको थियो जसमा एन्टोइन ग्रिजमन, एडेमोला लूकमन र जुलियन अल्भारेजले एक-एक गोल गरे।
- खेलको सातौं मिनेटमा एरिक गार्सियाबाट आत्मघाती गोल हुँदा एट्लेटिकोले अग्रता लिएको थियो र ८५औं मिनेटमा गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो।
१ फागुन, काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एट्लेटिको मड्रिडले बार्सिलोनामाथि फराकिलो जित हासिल गरेको छ ।
एट्लेटिकोले बार्सिलोनालाई ४-० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमै एट्लेटिकोले ४ गोल गरेको थियो ।
एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमन, एडेमोला लूकमन र जुलियन अल्भारेजले एक-एक गोल गर्दा एक गोल उपहार पायो ।
खेलको सातौं मिनेटमा एरिक गार्सियाबाट आत्मघाती गोल हुँदा एट्लेटिकोले अग्रता लिएको थियो ।
१४औं मिनेटमा ग्रिजमनले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । ३३औं मिनेटमा लूकमनले गोल गरेपछि एट्लेटिको ३-० ले अगाडि बढ्यो ।
इन्जुरी समयमा अल्भारेजले गोल गरेपछि एट्लेटिकोले ४-० को अग्रता बनायो । त्यसपछि गोल भएनन् ।
८५औं मिनेटमा गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना अन्तिम केही समय १० खेलाडीमा सीमित भएको थियो ।
प्रतिक्रिया 4