+
+
Shares

नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोलसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते १३:५१

१ फागुन, काठमाडौं । अमेरिकन पेस्तोलसहित नागढुंगाबाट एक जना पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल १ थान र गोली ४ राउण्ड सहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–२ बस्ने ३० वर्षीय केयुर पुरी छन् । उनलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त पेस्तोल फेला परेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?