+

वीर अस्पतालका दुई बरिष्ठ चिकित्सकले एकैदिन दिए राजीनामा

२०८२ फागुन  १ गते १७:५८ २०८२ फागुन १ गते १७:५८
वीर अस्पतालका दुई बरिष्ठ चिकित्सकले एकैदिन दिए राजीनामा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालका डर्माटोलोजी विभागकी प्रमुख डा. लैला लामा र प्रा.डा. अनुपमा कार्कीले १५ माघदेखि लागू हुने गरी राजीनामा दिएका छन्।

१ फागुन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालका दुई वरिष्ठ चिकित्सकले एकै दिन राजीनामा दिएका छन् । डर्माटोलोजी विभागकी प्रमुख डा. लैला लामा र प्रा.डा. अनुपमा कार्कीले १५ माघदेखि लागू हुने गरी राजीनामा दिएको वीरका निर्देशक डा. दिलिप शर्माले जानकारी दिए ।

राजीनामाअघि डा. कार्की न्याम्सको कार्यकारी परिषद् सदस्यका साथै प्राध्यापकका रूपमा कार्यरत थिइन् । उनले डर्माटोलोजी एमडी कार्यक्रमको संयोजक, वीर अस्पतालको डेपुटी निर्देशक तथा विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।

२५ वर्षअघि इन्टर्नका रूपमा वीर अस्पतालमा प्रवेश गरेकी उनले न्याम्सबाटै डर्माटोलोजीमा एमडी उत्तीर्ण गरेपछि सोही विभागको नेतृत्व सम्हाल्ने अवसर पाएकी थिइन् ।

२२ वर्षदेखि वीर अस्पतालमा कार्यरत डा. लैला लामाले पनि राजीनामा दिएकी छिन् । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजबाट एमबीबीएस गरेकी उनले न्याम्सबाटै डर्माटोलोजीमा एमडी गरेकी थिइन् । राजीनामाअघि उनी न्याम्सकी एसोसिएट प्रोफेसर थिइन् ।

छालारोग विभागका दुई वरिष्ठ चिकित्सकको बहिर्गमनले वीर अस्पतालको डर्माटोलोजी सेवामा असर पर्ने देखिएको छ ।

‘उहाँहरूले पारिवारिक कारणले गर्दा राजीनामा दिनुपर्ने उल्लेख गर्नुभएको छ,’ डा. शर्मा भन्छन्, ‘दुई दशक बढी काम गर्नुभएका अनुभवी चिकित्सकले राजीनामा दिँदा सेवामा असर पर्ने देखिन्छ ।’

चिकित्सक राजीनामा वीर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय