+
+
Shares

ग्यास सहज र नियमित रूपमा उपलब्ध गराउन अनेरास्ववियुको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते १८:००

१ फागुन, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सर्वसाधारणलाई सहज र नियमित रूपमा ग्यास उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

नेपाल आयल निगम लिमीटेडलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा देखिएको खाना पकाउने ग्यासको कृत्रिम अभावप्रति अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो ।

‘ग्यास आपूर्तिको वास्तविक अवस्था सार्वजनिक गर्न, कृत्रिम अभाव तथा कालोबजारीमा संलग्न तत्वमाथि कडा अनुगमन र कारबाही गर्न र सर्वसाधारणलाई सहज र नियमित रूपमा ग्यास उपलब्ध गराउने प्रभावकारी व्यवस्था गर्न निगमसमक्ष जोडदार माग गर्दछ,’ ज्ञापनपत्रमा भनिएको छ ।

अनेरास्ववियु उपत्यका विशेष बाग्मती प्रदेशले इन्चार्ज नितेश लामिछानेको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?