News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लले टी-२० विश्वकपमा इंग्ल्यान्ड र इटली विरुद्धको हारको कारण पत्ता लगाउनुपर्ने बताएका छन्।
- प्रि-म्याच प्रेस कन्फेरेन्समा लले दुई हारबीचको अन्तर पत्ता लगाउनुपर्ने र पहिलो खेलमा इंग्ल्यान्डसँग नजिक हारिएको तर दोस्रो खेलमा इटलीसँग टेरिबल म्याच भएको बताए।
- नेपालले आइतबार वानखेडे स्टेडियममा दुई पटकको विजेता वेस्ट इन्डिजसँग खेल्दैछ र प्रशिक्षक लले पिच फरक नभएको उल्लेख गर्नुभएको छ।
२ फागुन, मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट ल ले टी-२० विश्वकपमा इंग्ल्यान्ड र इटली विरुद्ध बेहोरेको हारको ग्यापको कारण पत्ता लगाउनुपर्ने बताएका छन् ।
समूह ‘सी’ अन्तर्गत तेस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध खेल्नुअघि शनिबार भएको भएको प्रि-म्याच प्रेस कन्फेरेन्समा बोल्दै लले दुई हारबीचको फरक किन भयो भन्ने कुरा पत्ता लगाउनुपर्ने बताएका हुन् । पहिलो खेलमा इंग्ल्यान्डसँग जितको नजिक पुगेर हारेका थियौं, दोस्रो खेलमा इटलीसँग टेरिबल म्याच भयो । यो दुई हारबीचको अन्तर पत्ता लगाउनुपर्छ’ प्रशिक्षक लले भने ।
नेपाललले पहिलो खेलमा इंग्लयान्डविरुद्ध उत्कृष्ट खेलेपनि ४ रनले मात्र पारजित भएको थियो भने दोस्रो खेलमा डेब्यु टोली इटलीसँग १० विकेटको लज्जास्पद हार बेहोरेको थियो ।
तेस्रो खेलमा नेपालले आइतबार वानखेडे स्टेडियममा दुई पटकको विजेता वेस्ट इन्डिजसँग सामना गर्दैछ ।
नेपालले यसअघिका वानखेडे मैदाको सेन्टर पिचमा दुई खेल खेलेको थियो । तर वेस्ट इन्डिज विरुद्ध फरक पिचमा खेल्दैछ । प्रशिक्षक लले पिच खासै फरक नभएको र उस्तै भएको बताएका छन् ।
प्रतिक्रिया 4