+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

दोलखामा जेठाजुले गरे बुहारीको हत्या

कपिल कोइराला कपिल कोइराला
२०८२ फागुन २ गते २०:३२

२ फागुन, काभ्रेपलाञ्चोक  । दोलखाको कालिन्चोक गाउँपलिका ५ बन्देथलीमा जेठाजुले आफ्नै बुहारीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी मनोज कुमार लामाका अनुसार, जेठाजु ६८ वर्षीय चन्द्रबहादुर थामीले बुहारी ५१ वर्षीया दउमाया थामीलाई घरेलु हातहतियार खुकरी र ढुंगा समेतको प्रहारबाट हत्या गरेको जानकारी दिए ।

उनका अनुसार खुकुरी तथा ढुंगा समेतले टाउकोमा प्रहार गर्दा  देउमाया थामीको घटनास्थलमै मृत्यु भएको हो ।

हत्यामा संलग्न चन्द्रबहादुर थामी हत्या पश्चात फरार भएका थिए । घटनास्थलबाट फरार रहेका थामीलाई  जिल्ला प्रहरी प्रमुख लामा र इलाका प्रहरी कार्यालय सिंगटीको प्रमुख बिष्णुहरि फुँयालसमेतको संयुक्त टोलीले खोजतलास गर्दा  घटनास्थलबाट किमि दक्षिणतर्फ कालिञ्चोक गा.पा.६ लेप्टुङको अधेरीखोलास्थित खोल्चाबाट नियन्त्रणमा लिइएको थियो ।

चन्द्रबहादुरले मादक पदार्थ सेवन गरेको समेत पाइएको प्रहरीले जनाएको छ ।

उनको साथबाट खुकुरी समेत बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?