+

जिरोनासँग अग्रता जोगाउन नसक्दा बार्सिलोनाको हार, शीर्षस्थानमा फर्कने मौका गुमायो

२०८२ फागुन  ५ गते ९:१६ २०८२ फागुन ५ गते ९:१६
जिरोनासँग अग्रता जोगाउन नसक्दा बार्सिलोनाको हार, शीर्षस्थानमा फर्कने मौका गुमायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनिस ला लिगामा जिरोनाले घरेलु मैदानमा बार्सिलोनालाई २-१ गोलअन्तरले हराएको छ।
  • थोमस लेमार र फ्रान बेल्ट्रानले जिरोनाका लागि एक-एक गोल गरे भने पाउ कुबार्सीले बार्सिलोनाका लागि गोल गरे।
  • बार्सिलोनाले २४ खेलमा ५८ अंकसहित दोस्रो स्थानमा रहँदा रियल मड्रिड ६० अंकसहित शीर्षस्थानमा छ।

५ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना जिरोनासँग पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा जिरोनाले बार्सिलोनालाई २-१ गोलअन्तरले हराएको हो ।

जिरोनाको जितमा थोमस लेमार र फ्रान बेल्ट्रानले एक-एक गोल गरे । बार्सिलोनाका पाउ कुबार्सीले गोल गरे ।

खेलको ५९औं मिनेटमा कुबार्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ६२औं मिनेटमा लेमारले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।

८६औं मिनेटमा बेल्ट्रानले गोल गरेपछि जिरोनाको जित पक्का भयो । खेल सकिनै लाग्दा इन्जुरी समयको नवौं मिनेटमा जोल रोकाले रातो कार्ड पाएका थिए ।

यस हारले बार्सिलोनाले शीर्षस्थानमा फर्कने मौका समेत गुमाएको छ । बार्सिलोना २४ खेलमा ५८ अंकसहित दोस्रो स्थानमै छ । यसअघि सोमबार रियल मड्रिड विजयी हुँदै २४ खेलमा ६० अंक जोडेर शीर्षस्थानमा उक्लिएको थियो ।

बार्सिलोनालाई हराएको जिरोना २९ अंकसहित १२औं स्थानमा छ ।

बार्सिलोना स्पेनिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय