+
+
Shares

सुनको भाउ घट्यो, चाँदी बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते ११:५०

५ फागुन, काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउमा गिरावट आएको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँ घटेको सुन आज मंगलबार ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार सुन तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउमा भने बढोत्तरी देखिएको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर ४ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो सोमबार भने चाँदी तोलामा ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?