News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'बिगुल' को विशेष शो आइएनआइको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा आयोजना गरिएको छ।
- निर्देशक दीपक आचार्य 'काकु' ले फिल्मले वर्तमान राजनीतिक परिवेशलाई टपक्क टिपेको बताए।
- निर्देशक घनश्याम खतिवडाले चुनावअघि सबैले फिल्म हेर्नुपर्ने र यसले आममानिसको मन मस्तिष्कको कुरा प्रस्तुत गरेको बताउनुभयो।
काठमाडौं । फिल्म ‘बिगुल’ ले सेलिब्रेटीको लागि विशेष शो आयोजना गर्यो । आइएनआइको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा आयोजित शोमा फिल्म हेर्दै कलाकारले यसबारे टिप्पणी गरे ।
हालै मात्र सुपरहिट फिल्म ‘परान’ दिएका निर्देशक दीपक आचार्य ‘काकु’ ले वर्तमान राजनीतिक परिवेशलाई टपक्क टिपेर फिल्म बनाइएको बताए । ‘यो फिल्म हेरेर भोट हाल्न जानुहोला’ उनले भने ।
अभिनेता नरेन खड्काको प्रशंसा उनले गरे । ‘उहाँले आफूलाई प्रमाणित गरिसक्नुभएको छ । धेरै शुभकामना’ उनले भने ।
अभिनेता जयकिशन बस्नेतले यो फिल्म हेर्दा आफूलाई मुलुकको राजनीति हेरेजस्तो महसुस भएको बताए । ‘हाम्रै देशको कथा फिल्मले भनिरहेको छ जस्तो लाग्यो’ उनले भने, ‘कतिपय क्यारेक्टर हाम्रै देशका नेताजस्तो लाग्यो ।’
निर्देशक घनश्याम खतिवडाले चुनावअघि यो फिल्मलाई हेर्न आग्रह गरे । ‘फिल्ममा जुन कुरा प्रस्तुत गर्नुभएको छ । यो आममानिसको मन मस्तिष्कको कुरा हो’ खतिवडाले भने, ‘सबैले हेर्नैपर्ने फिल्म बनेको छ । चुनावभन्दा अघि बिगुल हेरेर आफूले कसरी चाुनावमा जाने, कस्तो उम्मेदवार छान्ने भन्ने कुरालाई कलात्मक ढंगले बनाइएको छ ।’
रमेश कोइराला निर्देशित फिल्मलाई दिनेश कोइरालाले निर्माण गरेका हुन् । नरेन खड्का, बेनिशा हमालको शीर्ष भूमिका रहेको यो पल्टिकल ड्रामाले समसामयिक राजनीतिक कथावस्तुलाई चित्रण गरेको छ ।
भ्रष्टाचार र बेथितीविरुद्ध युवाको आक्रोश, राजनीतिमा युवाको हस्तक्षेप लगायतका कथावस्तु यसमा समेटिएको छ । यो फिल्म अहिले पनि हलमा प्रदर्शन भैरहेको छ ।
प्रतिक्रिया 4