+
+
Shares

दोहोरो अंक घट्यो सेयर बजार सूचक, कारोबार रकम ८ अर्बमाथि

मंगलबार कारोबार सुरु भएदेखि बन्द हुँदासम्म निरन्तर नकारात्मक नै रह्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा मंगलबार २०.७५ अंकले घटेर २६४२.१५ बिन्दुमा झरेको छ।
  • मंगलबार २ सय १४ कम्पनीको सेयर मूल्य घटेको र ४२ कम्पनीको मूल्य बढेको नेप्सेले जनाएको छ।
  • मंगलबार नेप्सेमा ८ अर्ब ३६ करोडमा २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर खरिद–बिक्री भएको छ।

५ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा गिरावट आउने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार ८ अंक घटेको नेप्से मंगलबार २० अंक घटेको छ ।

मंगलबार कारोबार सुरु भएदेखि बन्द हुँदासम्म निरन्तर नकारात्मक नै रह्यो । मंगलबार २६६२.१० अंकमा रहेको नेप्से २०.७५ अंक घटेर २६४२.१५ बिन्दुमा झरेको हो ।

मंगलबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घट्नुका साथै समूहगत सूचक समेत नकारात्मक छन् ।

मंगलबार नेप्सेमा कारोबार भएका २ सय १४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ४२ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

तर, मंगलबार नेप्सेमा कारोबार भएको सालपा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९ प्रशितले बढेको नेप्सेले जनाएको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका धेरै समूहगत परिसूचक घटेका छन् । यस दिन बैंकिङ ६.१७, विकास बैंक ६७.३५, वित्त ५२.३४, होटल ८६.७५, जलविद्युत् ५८.१४, लगानी ०.५०, जीवन बीमा ९९.४७, लघुवित्त २४.४४, निर्जीवन बीमा ८२.३४, अन्य १३.४७, होटल ३१.६३ र उत्पादनमूलक ६७.२६ अंक घटेका छन् । तर, सामूहिक लगानी कोष र व्यापार समूह भने क्रमश: ०.१० र ८.३७ अंक बढेका छन् ।

मंगलबार नेप्सेमा ३ सय ५४ कम्पनीको ८३ हजार ७५ कारोबारबाट २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर ८ अर्ब ३६ करोडमा खरिद–बिक्री भएको छ । यो कारोबार रकम सोमबारको तुलनामा थोरै हो ।

सोमबार नेप्सेमा ३ सय ३५ कम्पनीको ८० हजार ५ सय ५९ कारोबारबाट १ करोड ९६ लाख १६ हजार ३ सय ९५ कित्ता सेयर ७ अर्ब ९४ करोडमा खरिद–बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?