+
+
Shares

बेथितिको सटर एकैपटक बन्द गराउने हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेथितिको सटर एकैपटक बन्द गर्ने गरी आफूहरू राजनीतिमा आएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १५:१५

६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेथितिको सटर एकैपटक बन्द गर्ने गरी आफूहरू राजनीतिमा आएको बताएका छन् । सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मत पत्रमा छाप लगाउने फागुन २१ मा हो । अहिले मनपत्रमा छाप लगाउने हो । सुदूरपश्चिमको अधिकारलाई माग बनाएर अल्झाएर राख्न काम बन्द हुनुपर्छ । सटर त एउटा बन्द हुनुपर्छ । बेथिति बेरोजगारीको सटर बन्द गर्ने हो सबै सटर बन्द गर्ने हो एकैपटक’ उनले भने ।

उनले अहिले पाँच वर्षको स्थायी सरकार माग गरेर जनतामाझ रास्वपा गएको भन्दै आफ्ना उम्मेदवारलाई भोट दिन पनि आह्वान गरे ।  उनले राजनीतिक दलले चुनावमा गरेको बाचा पूरा नगर्दा जनताले दु:ख पाउने अवस्था अन्त्य गर्न पनि रास्वपा अघि बढेको बताए ।

‘बाचा जसले गरेको हो सजाय उसैले पाउने हो । जनताले होइन । भारतमा काम गर्ने सुदूरपश्चिमका सबैलाई यहीँबाट सम्झना । मलाई थाहा छ परदेशको भूमि सजिलो छैन तर छुट्टि मिलाएरै भए पनि आउनुहोला देश बदल्नुपर्छ । यसपटक जनताले जित्नुपर्छ सँधै नेतामात्रै जितिरहेका छन्,’ उनले भने , ‘देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर हामी आएका छौं । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?