News Summary
Generated by OK AI. Editorially reviewed.- सागर शिवाकोटीले झापाका पाँचवटा क्षेत्रहरुमा चुनाव तयारी र मतदाताको बदलिँदो झुकावबारे विश्लेषण गरेका छन् ।
- उनले एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संगठनको सामथ्र्यमा जित्ने कोसिस गर्ने बताए ।
- रास्वपा वरिष्ठ नेता बालेन शाह, निशा डाँगी र इन्दिरा राना फेस भ्यालुका आधारमा स्थापित हुन लाग्ने शिवाकोटीले उल्लेख गरे ।
७ फागुन, काठमाडौं । रिडर्स झापाका एक संस्थापक सागर शिवाकोटी डेढ दशकयता हिमालय क्याम्पस झापामा प्राध्यापनरत छन् । तथ्यांकहरुको विश्लेषण गर्न माहिर शिवाकोटीले यसअघिका चुनावहरूको प्याटर्न र मतदाताको बदलिँदो झुकावको पनि यो अन्तर्वार्तामा विश्लेषण गरे । गठबन्धन गर्दा र नगर्दाका सम्भावना र जोखिमबारे पनि यसमा कुरा गरिएको छ ।
शिवाकोटी कोशीका क्षेत्रीय तथा स्थानीय मुद्दाहरु ज्वलन्त रुपमा उठाइरहेका एक अध्येता पनि हुन् । झापाका पाँचवटा क्षेत्रहरुमा भइरहेको चुनाव तयारी लगायत विषयमा अनलाइनखबरका बसन्त बस्नेतले शिवाकोटीसँग यो अन्तर्वार्ता गरेका छन् ।
यस वार्तामा शिवाकोटीले अहिले चर्चामा रहेको झापा ५ मात्रै नभई अरु क्षेत्रमा समेत उथलपुथल आउन सक्ने बताएका छन् । उनले मतदाता स्थिर रहन सक्ने, मत परिवर्तन गर्न सक्ने आधारहरु क्षेत्रगत रुपमा केलाएका छन् ।
एमाले अध्यक्ष केपी ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत नेताहरु संगठनको सामथ्र्यका बलमा जित्न कोसिस गर्ने, तर रास्वपा वरिष्ठ नेता बालेन शाह, नेता निशा डाँगी, इन्दिरा राना लगायत नेता चाहिँ फेस भ्यालुका आधारमा स्थापित हुन लाग्ने उनको विश्लेषण छ । चुनावको अन्तिम दिनसम्म त्यसलाई प्रभावित पार्न नयाँ पुराना दुवै शक्ति लागिराख्ने उनले आकलन गरेका छन् ।
प्रतिक्रिया 4