+
+
Shares

कांग्रेसको योजना- ५ वर्षमा १५ लाखलाई रोजगारी

नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रमा ५ वर्षमा १५ लाख जनालाई रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १४:१६

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रमा ५ वर्षमा १५ लाख जनालाई रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ ।

सभापति गगनकुमार थापाले यसबारे जानकारी गराउँदै भने, ‘५ वर्षमा १५ लाख रोजगारी सिर्जना गर्न सक्छौँ । कुन सेक्टरमा कति भन्ने हामीले योजना बनाएका छौँ ।’

उनले युवाहरूले उद्यम गर्न चाहे पनि बिउ पुँजी नपाउँदा समस्या भएकोले यसको विकल्प कांग्रेसले सोचिसकेको बताए ।

‘अहिले योजना भएको युवाले बिउ पुँजी पाएको छैन । युवाहरूले बिनाधितो ऋण पाउने व्यवस्था मिलाउनुपर्छ । परियोजनामा आधारित ऋण दिन्छौँ भनेका छौँ तर कसरी के भनेका छैनौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?