+
+
Shares

गुल्मीमा दुई सबस्टेसन, विद्युत प्रसारणमा ‘ऐतिहासिक उपलब्धि’

अनिल खत्री अनिल खत्री
२०८२ फागुन ८ गते १०:३१

८ फागुन, गुल्मी । गुल्मी जिल्लाको विद्युत सेवालाई दीर्घकालीन रूपमा भरपर्दो, स्थिर र गुणस्तरीय बनाउने उद्देश्यले १३२ केभीका दुई महत्वपूर्ण सबस्टेशन सञ्चालनमा आएका छन् ।

जिल्लाको उनाएचौर र पौदीअमराईमा निर्माण सम्पन्न भई सञ्चालनमा आएका सबस्टेशनलाई गुल्मीका लागि ऊर्जा क्षेत्रको ऐतिहासिक उपलब्धि मानिएको छ ।

यसअघि बुटवलस्थित १३२ केभी लाइनबाट पाल्पा हुँदै गुल्मीमा विद्युत सेवा वितरण हुँदै आएको थियो ।

नेपालका कतिपय जिल्लामा अझै १३२ केभी प्रसारण लाइन नपुगेको अवस्थामा गुल्मीमा भने दुई स्थानमा उच्च क्षमताका सबस्टेशन सञ्चालनमा आउनु जिल्लाको ऊर्जा पूर्वाधार विकासको दृष्टिले सुखद पक्ष भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण प्रमुख मनोज अर्यालले बताए ।

‘नयाँ १३२ केभी सबस्टेशन सञ्चालनमा आएसँगै जिल्लामा दीर्घकालीन रूपमा भरपर्दो विद्युत आपूर्ति सुनिश्चित भएको छ,’ उनले भने, ‘यसले विद्युत आपूर्तिको विश्वसनीयता मात्र बढाएको छैन, भविष्यमा औद्योगिक तथा व्यावसायिक विस्तारको सम्भावनासमेत बलियो बनाएको छ ।’

पहिले संरचना पुरानो र सीमित क्षमताको भएकाले बारम्बार लाइन ट्रिपिङ, भोल्टेज घटबढ र अनियमित आपूर्तिको समस्या देखिने गरेको थियो । अहिले भने कपिलवस्तुको मोतिपुरबाट अर्घाखाँची हुँदै उनाएचौर र पौदीअमराईमार्फत बुर्तिबाङसम्म १३२ केभी प्रसारण लाइन विस्तार गरिएको छ ।

आगामी दिनमा वितरण लाइन स्तरोन्नति, ट्रान्सफर्मर क्षमतावृद्धि तथा सेवा विस्तारलाई प्राथमिकता दिइने नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण प्रमुख अर्यालको भनाइ छ ।

तम्घास बुर्तिबाङ सब–स्टेशनको गत मंगलबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निरीक्षण र शुभारम्भ गरेका थिए ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?