News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन जाभा नेसनल बास्केटबल लिग फागुन २८ देखि चैत २८ गतेसम्म दशरथ रंगशाला कभर्ड हलमा आयोजना हुने भएको छ ।
- प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् र खेलहरू डबल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछन् ।
- ३२ दिन चल्ने लिगमा कूल ६० खेल हुनेछ ।
८ फागुन, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) को दोस्रो संस्करण यही फागुन २६ गतेदेखि सुरु हुने भएको छ ।
नेपाल बास्केटबल संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एचएनबीएलको दोस्रो संस्करण फागुन २६ देखि चैत २८ गते (मार्च १० देखि अप्रिल ११) सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना हुने जानकारी दिएको हो ।
एचजेएनबीएलको दोस्रो संस्करणमा टिम संख्या बढेको छ र नेपालका शीर्ष ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि पहिलो संसक्रणमा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
८ टिमले प्रतिस्पर्धा गर्ने
यस पटक ३२ दिनसम्म चल्ने प्रतियोगितामा टाइम्स इन्टरनेसनल कलेज, गोल्डेनगेट इन्टरनेसनल कलेज, हाउण्ड्स, कीर्तिपुर, त्रिभुवन आर्मी क्लब, सोलो बास्केटबल, रोएल र प्लेबक्स एरेनाले प्रतिस्पर्धा गर्नेछन् ।
टाइम्स इन्टरनेसनल कलेज पहिलो संस्करणको च्याम्पियन हो भने गोल्डेनगेट इन्टरनेसनल कलेज उपविजेता, हाउण्ड्स तेस्रो र कीर्तिपुर चौथो बनेको थियो ।
यस्तै आर्मी, सोलो, रोएल र प्लेबक्स भने गत पुषमा भएको लिनिङ बास्केटबल प्रतियोगिताको शीर्ष चारमा रहेर दोस्रो संस्करणको नेसनल बास्केटबल लिगको लागि छनोट भएका हुन् ।
पहिलो संस्करणमा सिधै ६ टोलीले प्रतियोगिता खेलेकोमा यस पटक भने छनोट प्रतियोगिता नै आयोजना गरेर टिम छनोट गरिएको हो । नेबा अध्यक्ष भिमसिंह गुरुङले यस पटक खुल्ला रुपमा छनोट प्रतियोगिता गरेको र सबैलाई अवसर दिएको बताए ।
पहिलो सिजन ६ टिमको लिग आयोजना भएको थियो । ३ महिना होम एण्ड अवेका आधारमा लिग भएको थियो । त्यसबाट शीर्ष चार टोली यस सिजनका लागि सिधै छनोट भए भने दुई टिम रेलिगेसनमा परे । नेबा अध्यक्ष भिम सिंह गुरुङले भने, ‘यस पटक हामीले छनोट प्रतियोगिताको रुपमा डेढ महिनाअघिलि लिनिङ बास्केटबल प्रतियोगिता बयोजना गर्यौँ । त्यसबाट आएको शीर्ष चार र गत सिजनको चार गरी ८ टिमले यस पटक खेल्दैछन् ।’
पहिलो संस्करण नखेलेको त्रिभुवन आर्मीले यस पटक छनोट प्रतियोगिताको च्याम्पियन बन्दैछ । एचजेएनबीएल खेल्न लागेको हो ।
लिगमा धेरै खेलाडीलाई अवसर गर्ने लक्ष्यसहित यस पटक टिम वृद्धि गरिएको आयोजक नेबाका अध्यक्ष गुरुङले जानकारी दिए । ‘खेलाडीलाई धेरै भन्दा धेरै खेल खेल्ने अवसर दिनुपर्छ । यसले घरेलु लिग बलियो हुन्छ । घरेलु लिग बलियो नभई टिम बलियो हुँदैन ।’
गुरुङले लिगलाई बलियो भने भने बास्केटबल विकासमा सहयोग पुग्ने बताए ।
पहिलो सिजन भन्दा यो पटक धेरे राम्रो गर्ने योजनासहित काम गरिरहेका छौँ । हरेक वर्ष कसरी राम्रो बनाउन सकिन्छ भनेर तयारी गरिरहेका छौँ’ गुरुङले भने ।
यस प्रतियोगिताको विजेताले साबा च्याम्पियनसिप खेल्न पाउने पनि गुरुङले जानकारी दिए ।
‘यसको विजेताले फिबाको क्यालेन्डरमा रहेको साबा च्याम्पियन्स लिग खेल्न जानेछ । त्यसमा पनि राम्रो प्रदर्शन गर्ने आशा छ । सामा विजेता भए अन्तरमहादेशिय प्रतियोगिता खेल्न पाउनेछ ।’
यस्तै यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुबाट राष्ट्रिय टिम छनोट गरिने पनि उनले बताए ।
यस्तै सहभागि टिमले फिबाको नियम अनुसार दर्ता गरी २ विदेशी खेलाडी राख्न पाउने छन् ।
डबल राउण्ड रोविन प्रणाली, कूल ६० खेल
एचजेएनबीएलका खेलहरु डबल राउन्ड रोबिन प्रणालीका आधारमा खेलाइनेछ । यस प्रतियोगितामा लिग र प्लेअफ गरी कूल ६० खेल हुने नेबा अध्यक्ष गुरुङले जानकारी दिए । जसअनुसार प्रतियोगितामा लिग चरणमा कूल ५६ खेल हुनेछ भने त्यसपछि प्लेअफमा चार खेल हुनेछ ।
लिगमा शीर्ष चारमा हरने टोलीहरु प्लेअफमा प्रवेश गर्नेछन् । त्यसपछि सेमिफाइनल र फाइनल खेल हुने नेबाका अध्यक्ष भिम सिंह गुरुङले जानकारी दिए ।
हरेक दिन दुई खेल हुने र खेलहरु अपरान्ह ४ बजे र ७ बजे हुने आयोजकले जनाएको छ । लिगका सबै खेलहरू एक्सन स्पोर्ट्स मार्फत राष्ट्रिय प्रसारण गरिने जनाइएको छ ।
नेपाली बास्केटबलको व्यावसायिक संरचना विकास गर्नु र खेलाडीहरूलाई थप अवसर र प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने लक्ष्यका साथ यो लिग आयोजना गर्न लगिएको नेबा अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हिमालयन जाभा रहेको छ भने एनसेल पावर्ड बाईमा छ ।
खेलकुदको विकासमा निजी क्षेत्रले पनि सहयोग गर्नुपर्ने र सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरुले नेसनल बास्केटबल लिगमा सहयोग गरेको हिमालयन जाभाका ओनर आनन्द गुरुङले जानकारि दिए ।
‘पहिलो सिजन राम्रो भयो । त्यसैले फेरि सहकार्य गरेका छौँ । बास्केटबलको नेसनल लिग नै हो । प्राईभेटले पनि सहयोग गर्नुपर्छ भनेर नै सहकार्य गरेको हो,’ आनन्दन गुरुङले भने, ‘आशा छ यो सिजन पनि बेटर हुन्छ र अझ धेरै सिजन आयोजना हुनुपर्छ ।’
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले एक लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार राखिएको र त्यसको घोषणा पछि गरिने नेबा अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगिताको कुल बजेट ५० लाख रहेको नेबा अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि टाइम्स बास्केटबल क्लबले जितेको थियो ।
प्रतिक्रिया 4