+

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

२०८२ फागुन  १० गते १३:२२ २०८२ फागुन १० गते १३:२२
न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका आवासीय चिकित्सकहरूले रात्री ड्युटी भत्ता र पुस्तकालय सुधार लगायत माग राखेर आन्दोलन घोषणा गरेका छन्।

१० फागुन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का आवासीय चिकित्सकहरूले विभिन्न माग राखी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । रात्री ड्युटीको भत्ता समयमै दिनुपर्ने, ड्युटी मिलाउनुपर्ने, पुस्तकालय सुधार लगायत अन्य सुविधाहरूको मागलाई आवासीय चिकित्सकहरूले राखेका छन् ।

‘रेजिडेन्स एसोसिएन अफ न्याम्सले प्रेस विज्ञप्ति जारी गरी आजबाट न्याम्सका सबै कार्यालयहरूमा धर्ना दिइ विरोध प्रदर्शन गरिरहेको जानकारी दिएको छ ।

माग सम्बोधन नगरे भोलिबाट आकस्मिकबाहेकका सेवामा आफूहरू संलग्न नहुने चेतावनी उनीहरूले दिएका छन् ।

आफूहरूको समस्याबा विषयमा पटक–पटक वार्ता र सम्झौता गरे पनि कार्यान्वयन नहुँदा बाध्य भएर आन्दोलनमा उत्रनुपरेको आवासीय चिकित्सकहरूको भनाइ छ ।

चिकित्सकहरूको आन्दोलनले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र न्याम्सका सेवा प्रभावित भएका छन् ।

आन्दोलन न्याम्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय