+

राष्ट्रिय लिग : पुनरागमन जितसहित एपीएफ शीर्ष स्थानमा

२०८२ फागुन  १० गते १५:२८ २०८२ फागुन १० गते १५:२८
राष्ट्रिय लिग : पुनरागमन जितसहित एपीएफ शीर्ष स्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपीएफ एफसीले राष्ट्रिय लिग फुटबलमा नव जन जागृति क्लबलाई ४-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ।
  • एपीएफले ६ खेलबाट १६ अंक जोडेर मछिन्द्र एफसीलाई गोल अन्तरमा पछि पारेको छ।
  • नव जन जागृतिले लगातार छैटौं हार भोग्दै लिगमा अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन।

काठमाडौं । विभागी टोली एपीएफ एफसीले राष्ट्रिय लिग फुटबलमा नव जन जागृति क्लब विरुद्ध पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ ।

मोफसलको गोल्डकपहरुपछि आइतबार फेरि सुरु भएको राष्ट्रिय लिगमा एपीएफले बाराको नव जन जागृतिलाई ४-१ ले पराजित गरेको हो ।

६ खेलबाट १६ अंक जोडेको एपीएफले मछिन्द्र एफसीलाई गोल अन्तरमा पछि पारेको हो । नव जन जागृतिको यो यो लगातार छैटौं हार हो । खेलेको सबै ६ खेलमा पराजित भएको नव जन जागृतिले लिगमा अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा निश्चय थापाले ३०औं मिनेटमा गोल गर्दै नव जन जागृतिलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । एपीएफका कप्तान हरि कार्कीले ४३औं मिनेटमा बराबरी गोल फर्काए ।

दोस्रो हाफको सुरुवाती १५ मिनेटभित्रै ३ गोल गरेर एपीएफले जितको आधार तयार पारेको हो ।

दोस्रो हाफको पहिलो मिनेटमै युवराज खड्काले गोल गरेपछि एपीएफले २-१ को अग्रता बनायो ।

समिराज थोकरले ५६औं र अनिश घर्ती क्षेत्रीले ५८औं मिनेटमा गोल गरेपछि एपीएफले जित सहज बनायो ।

एपीएफका समिराज थोकर प्लेअर अफ दि म्याच घोषित भए ।

तस्बीर : एन्फा

 

 

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय