+
+
Shares

काठमाडौंको तारकेश्वरमा घरभित्र पस्यो चितुवा, दुई जना घाइते

‘वनको टोलीलाई बोलाएका छौं । चितुवालाई थुनेर राखिएको छ,’ एसपी भट्टराईले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १५:५२

१० फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार, केहीबेर अघि एउटा घरमा पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेको एसपी भट्टराईले जानकारी दिए । स्थानीय अनोजमणी अधिकारीको घरमा चितुवा पसेको हो ।

दुलाल महर्जनलाई शुभम अस्पताल र मायानाथ वाग्लेलाई आर्मी अस्पताल पुर्‍याइएको छ ।

महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट छ भने वाग्लेको बायाँ हातमा चोट लागेको छ ।

अहिले उक्त चितुवालाई घरमै थुनेर राखिएको उनले बताए । ‘वनको टोलीलाई बोलाएका छौं । चितुवालाई थुनेर राखिएको छ,’ एसपी भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?