+
+
Shares

कांग्रेस उपसभापतिको दाबी- एजेन्डाबिनै आएर भ्रम छर्नेलाई जनताले भोट दिन्नन्

‘यो देशको नेतृत्व अब पार्टी सभापति गगनकुमार थापाले गर्नुहुन्छ । विशेष महाधिवेशनले दिएको नयाँ ऊर्जाका साथ कांग्रेस आएको छ,’ उपसभापति भुसालले भनिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १७:३३

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले एजेन्डा नै नभएका र भ्रम छरेर जनमत बटुल्न खोज्ने शक्तिलाई यस पटक जनताले भोट नदिने दाबी गरेकी छन् । सोमबार ललितपुरको गोदावरी नगरपालिकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति भुसालले रास्वपालाई लक्षित गरेर यस्तो बताएकी हुन् ।

‘बिना एजेन्डा केवल भ्रम छर्न केही शक्ति चुनावमा आएका छन्,’ उपसभापति भुसालले भनिन्, ‘त्यस्ता शक्तिलाई जनताले चिनिसकेका छन् । केवल भ्रम छर्न मात्रै चुनावमा आउनेहरूलाई जनताले यस पटक मत दिँदैनन् ।’

कांग्रेस पूर्ण रूपमा बदलिएर नयाँ परिवेशका लागि तयार भएर आएको भुसालले दाबी गरिन् । ‘यो देशको नेतृत्व अब पार्टी सभापति गगनकुमार थापाले गर्नुहुन्छ । विशेष महाधिवेशनले दिएको नयाँ ऊर्जाका साथ कांग्रेस आएको छ,’ उपसभापति भुसालले भनिन् ।

राष्ट्रको समृद्धिको स्पष्ट मार्गचित्र कांग्रेसको घोषणापत्रमा उल्लेख गरिएको पनि उनले बताइन् । ​राष्ट्रको मुहार फेर्ने संकल्प कांग्रेसले लिएको बताउँदै उपसभापति भुसालले कांग्रेसलाई देशको सबैभन्दा ठुलो पार्टी बनाउन जनतासँग आग्रह गरिन् ।

अर्को प्रसंगमा उनले ललितपुर–१ मा उम्मेदवार रहेका कांग्रेस सहमहामन्त्री उदय शमशेर राणा इमानदार र क्षमतावान् नेता भएको बताउँदै भुसालले कुनै दाग नलागेको र भ्रष्टाचार विरोधी नेतालाई जिताएर पठाउन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?