+
+
Shares

नेकपा बहुमतका काभ्रे इन्चार्ज र जिल्ला सचिव पक्राउ

कपिल कोइराला कपिल कोइराला
२०८२ फागुन ११ गते २१:२२

११ फागुन, काभ्रेपलाञ्चोक । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) का केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक इन्चार्ज सुन्तली थोकर र जिल्ला सचिव प्रकाश विशुंखे पक्राउ परेका छन् ।

थोकर नेकपा बहुमतकी केन्द्रीय सदस्य पनि हुन् भने विशुंखे पाँचखाल इन्चार्ज हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार, थोकरलाई पनौती एरिया तथा विशुंखेलाई पाँचखालबाट पक्राउ गरिएको हो ।

निर्वाचन बिथोल्ने रणनीतिको आशंका तथा व्यवसायीहरुलाई धम्क्याएको आरोपमा पक्राउ गरिएको एसपी शाहले बताए ।

उनीहरूमाथि फागुन २१ मा हुन लागेको निर्वाचनको बिरोध तथा गत फागुन ५ गते पार्टीले नेपाल बन्दको आयोजना गरी विभिन्न व्यवसायीलाई धम्क्याएको आरोप छ ।

पक्राउ परेका थोकर र विशुंखेलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी शाहले जानकारी दिए ।

यस अघि काठमाण्डौ प्रहरीले गत फागुन ५ गते काठमाण्डौंको खिचापोखरीबाट नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला र काभ्रे जिल्ला सेक्रेटरी विष्णु तिमिल्सिनालाई पक्राउ गरेको थियो ।

नेकपा (बहुमत)ले फागुन २१ मा हुन लागेको निर्वाचनको विरोध गर्दै बहिष्कार गर्ने निर्णय गरेको थियो ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?