+
+
Shares

बैतडीमा एक महिनामा ३ निर्वाचन प्रहरीको मृत्यु

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८२ फागुन १२ गते ६:५६

१२ फागुन, बैतडी । बैतडीमा अर्का एक निर्वाचन प्रहरीको पनि मृत्यु भएको छ । यससँगै बैतडीमा एक महिना अवधिमा मृत्यु भएका निर्वाचन प्रहरीको संख्या तीन पुगेको छ ।

पछिल्लोपटक सोमबार मेलौली नगरपालिका–६, बैतडीका ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार भट्ट इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत थिए । सोमबार साँझ ड्युटी सकेर घर फर्किएका उनी घरमै एक्कासी बेहोस भएका थिए ।

बेहोस भएपछि उनलाई उपचारका लागि एम्बुलेन्स मार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । तर स्वास्थ्य केन्द्रका पुर्‍याउँदा डाक्टरले मध्यराति १२ बजेर ५ मिनेटमा मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बैतडीमा यसअघि दुई निर्वाचन प्रहरीको मृत्यु भएको थियो । यही फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको थियो । उनी घरमै अचेत भएर ढलेका थिए ।

यसैगरी गत माघ २० गते दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको तालिम सकेर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?