+

साम्बाको उपचारका लागि विदेशबाट एक दिनमै उठ्यो ४१ लाख बढी सहयोग

२०८२ फागुन  १२ गते १२:२६ २०८२ फागुन १२ गते १२:२६
साम्बाको उपचारका लागि विदेशबाट एक दिनमै उठ्यो ४१ लाख बढी सहयोग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारका लागि एक दिनमै विदेशबाट ४१ लाख बढी सहयोग रकम उठेको छ।
  • साम्बाले उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने बताएकी थिइन् र नेपालबाट समेत उल्लेखनीय सहयोग प्राप्त भएको छ।
  • उनको घुँडाको एसीएल र एमसिएलमा गम्भीर चोट भएकाले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था छ।

१२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारका लागि एक दिनमै विदेशबाट ४१ लाख बढी सहयोग रकम उठेको छ ।

साम्बाले उपचारको लागि आर्थिक सहयोग माग गरेसँगै विदेशीबाट २४ घन्टा नपुग्दै ४१ लाख बढी सहयोग प्राप्त भएको हो । यो समाचार तयार पार्दासम्म साम्बालाई विदेशबाट ४७ हजार ४८३ न्युजिल्यान्ड डलर (४१ लाख १३ हजार ८०८.७६ नेपाली रुपैयाँ) प्राप्त भएको छ ।

साम्बाले आफ्नो उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने उल्लेख गरेकी थिइन् । उनको उपचारका लागि नेपालबाट समेत उल्लेखनीय सहयोग मिलेको छ ।

साम्बाको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट भएकाले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था छ ।

आर्थिक सहयाेग सावित्रा भण्डारी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय