+
टी-२० विश्वकप २०२६ :

ह्‍यारी ब्रूकको शानदार शतकमा इंग्ल्यान्ड टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा

२०८२ फागुन  १२ गते २२:४६ २०८२ फागुन १२ गते २२:४६
ह्‍यारी ब्रूकको शानदार शतकमा इंग्ल्यान्ड टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डले पाकिस्तानलाई २ विकेटले हराउँदै आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ।
  • कप्तान ह्यारी ब्रूकले ५१ बलमा १० चौका र ४ छक्कासहित १०० रन बनाएर इंग्ल्यान्डको जितमा मुख्य भूमिका खेलेका थिए।
  • पाकिस्तानले दिएको १६५ रनको लक्ष्य इंग्ल्यान्डले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो र पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिएको छ।

१२ फागुन, काठमाडौं । कप्तान ह्यारी ब्रूकले शानदार शतक बनाएपछि पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ ।

मंगलबार श्रीलंकाको पालेकेलेमा भएको सुपर ८ को खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई २ विकेटले हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको हो ।

ब्रूक आउट भएपछि निरन्तर विकेट गुमाउँदा खेल रोमाञ्चक बनेको थियो । अन्तिम ओभरको पहिलो बलमा जोफ्रा आर्चरले चौका प्रहार गर्दै खेल जिताए ।

पाकिस्तानले दिएको १६५ रनको लक्ष्य इंग्ल्यान्डले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । ब्रूकले ५१ बलमा १० चौका र४ छक्कासहित १०० रन बनाए ।  विल ज्याक्सले २८ रन बनाए । साम करानले १६ रन बनाए ।

पाकिस्तानका लागि शाहीन अफ्रिदीले ४ विकेट लिएपनि पर्याप्त हुन सकेन । उसमान तारिकले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । ओपनर शाहिबजादा फरहानले अर्धशतकसहित सर्वाधिक ६३ रन बनाए ।

४५ बल खेलेका फरहानले ७ चौका र २ छक्का प्रहार गरे । बाबर आजम र फखार जमानले समान २५ रन बनाए ।

इंग्ल्याान्डका लागि लियाम डसनले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । जोफ्रा आर्चर र जेमी ओभरटनले २-२ तथा आदिल राशिदले १ विकेट लिए ।

सुपर ८ को समूह २ मा रहेको इंग्ल्यान्डले यसअघि श्रीलंकालाई पराजित गरेको थियो । २ खेलमा ४ अंक जोडेको इंग्ल्यान्डले सेमिफाइनल खेल्ने पक्का भएको हो  ।

हारपछि पाकिस्तानको भने सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिएको छ । अब श्रीलंकालाई हराएर अन्य नतिजामा पनि भर पर्नुपर्नेछ ।

इंग्ल्यान्ड क्रिकेट टी-२० विश्वकप २०२६ पाकिस्तान क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय