News Summary
Generated by OK AI. Editorially reviewed.- साविक उपविजेता इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको प्लेअफ चरणबाट बाहिरिएको छ।
- गएराति भएको खेलमा नर्वेजियन क्लब बोडो ग्लिम्टसँग २-१ ले हारपछि इन्टर समग्रमा ५-२ ले पराजित भएको हो।
- बोडो ग्लिम्ट पहिलोपटक च्याम्पियन्स लिगको राउन्ड अफ १६ मा प्रवेश गरेको छ र अब म्यान्चेस्टर सिटी वा स्पोर्टिङ सीपीसँग खेल्नेछ।
१३ फागुन, काठमाडौं । साविक उपविजेता इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको प्लेअफ चरणबाट बाहिरिएको छ ।
गएराति भएको खेलमा नर्वेजियन क्लब बोडो ग्लिम्टसँग २-१ को हारपछि समग्रमा ५-२ ले पराजित भएको इन्टर बाहिरिएको हो । पहिलो लेगमा इन्टर ३-१ ले पराजित भएको थियो ।
बोडो ग्लिम्ट भने पहिलोपटक च्याम्पियन्स लिगको राउन्ड अफ १६ मा प्रवेश गरेको हो । अब बोडोले म्यान्चेस्टर सिटी वा स्पोर्टिङ सीपीमध्ये एकसँग खेल्नेछ ।
गएरातिको खेलमा बोडोको जितमा जेन्स पिटर हज र हाकोन एभेनले एक-एक गोल गरे । इन्टरका लागि अलेजेन्द्रो बास्तोनीले एक गोल गरे ।
खेलको ५८औं मिनेटमा पिटर हजले गोल गर्दै बोडोलाई अग्रता दिलाएका थिए । ७२औं मिनेटमा एभेनले अग्रता दोब्बर पारे ।
७६औं मिनेटमा बास्तोनीले गोल फर्काएपनि इन्टरका लागि पर्याप्त हुन सकेन ।
यसअघिको संस्करणको फाइनलमा पीएसजीसँग पराजित भएर उपविजेता भएको इन्टर यसपटक भने अन्तिम १६ अघि नै नकआउट भएको छ ।
प्रतिक्रिया 4