+
+
Shares

‘जेरी अन टप’ शुक्रबारदेखि भारतमा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनमोल केसी स्टारर फिल्म 'जेरी अन टप' भारतमा २७ फेब्रुअरीदेखि नेपालीभाषी दर्शकलाई लक्षित गर्दै प्रदर्शन हुने भएको छ।
  • फिल्म दार्जिलिङ, सिक्किम, देहरादुन, नयाँ दिल्ली, कालिम्पोङ, सिलिगुडी र कोलकातासहित विभिन्न ठाउँमा लाग्नेछ।
  • प्रिमियर शो २६ फेब्रुअरी गान्तोकमा आयोजना गरिएको थियो, जसमा अनमोल, भुवन केसी, जसिता गुरुङ र कालिप्रसाद बाँस्कोटा सहभागी भएका थिए।

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ । त्यहाँस्थित नेपालीभाषी दर्शकलाई लक्षित गर्दै फिल्म २७ फेब्रुअरी, शुक्रबारदेखि रिलिज हुने भएको हो ।

नेपालमा सुपरहिट बनेको यो फिल्म दक्षिण छिमेकी मुलुकमा प्रदर्शनमा आउन लागेको हो । अभिनेता केसीको करिअरमा सर्वाधिक कमाउने कीर्तिमान समेत यसले रचेको छ ।

दार्जिलिङ, सिक्किम, देहरादुन, नयाँ दिल्ली, कालिम्पोङ, सिलिगुडी र कोलकातासहित नेपालीभाषी दर्शकको उल्लेख्य बसोबास रहेका अन्य विभिन्न ठाउँका हलमा फिल्म लाग्नेछ । कतिपय हलले अग्रिम टिकट विक्री खुलाएको जनाइएको छ ।

रिलिजको पूर्वसन्ध्यामा बिहीबार गान्तोकमा प्रिमियर शो आयोजना गरिएको छ । प्रिमियरमा सहभागी हुन अनमोलसहित भुवन केसी, जसिता गुरुङ, संगीतकार कालिप्रसाद बाँस्कोटा सहभागी हुने निर्माता सरोज न्यौपानेले बताए ।

प्रेमको कथावस्तुमा निर्माण भएको फिल्मले सगरमाथा आरोहणको साहसिक कथा पनि पेश गर्छ । भारतका विभिन्न सहरमा एकसाथ प्रदर्शन हुँदा नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारमा यो फिल्मको रिलिजले भूमिका खेल्ने अपेक्षा निर्माताको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?