News Summary
Generated by OK AI. Editorially reviewed.- चिनी कम गर्दा तौल, रक्तचाप नियन्त्रण हुन्छ र मिर्गौलाको स्वास्थ्य राम्रो रहन्छ, जसले मिर्गौलाका रोगहरूबाट बच्न मद्दत गर्छ।
नेपालीहरूको दिनको सुरुवात नै चिनी भएको चियाबाट हुन्छ । चिया, कफी, सस, बिस्कुट, मिठाइहरू सबैमा चिनी हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, औसत व्यक्तिले दिनमा ६ चम्चा २५ ग्राम भन्दा बढी चिनी सेवन गर्नुहुँदैन, तर धेरै नेपालीहरूले यो भन्दा बढी सेवन गर्छन्, जसले स्वास्थ्य समस्या निम्त्याउछ । धेरै चिनी खाँदा तौल बढ्छ साथै यसले मिर्गौलाको स्वास्थ्य पनि बिगार्छ । यदि चिनीको सेवन कम गर्नुभयो भने, मिर्गौलाका रोगहरूबाट बच्न सकिन्छ र मिर्गौलाको स्वास्थ्य राम्रो रहन्छ ।
जामा नेटवर्क ओपन जर्नलमा प्रकाशित अध्ययनमा १ लाख २७ हजार ८३० वयस्कहरूको डाटा विश्लेषण गरिएको थियो । जसमा दिनमा एक गिलासभन्दा बढी गुलियो पेय पदार्थ जस्तै कोक, फ्यान्टा वा अन्य सुगर–स्वीटन्ड बेभरेज सेवन गर्नेहरूमा दिर्घकालीन मिर्गौला रोगको जोखिम १९ प्रतिशत बढी हुन्छ भन्ने पत्ता लागेको थियो । यस अध्ययनले यो पनि देखाएको छ कि, यस्ता गुलियो पेयहरूलाई पानी वा प्राकृतिक जुसले बदल्नेहरूमा दीर्घकालीन मिर्गौला रोगको जोखिम ७ देखि १० प्रतिशतसम्म कम हुन्छ ।
१. रक्तचाप बढ्दैन र मिर्गौलाका रक्तनलीहरू स्वस्थ रहन्छन
धेरै चिनी खाँदा मोटोपन छिटो बढ्छ, तौल बढ्दा रक्तचाप उच्च हुन्छ र उच्च रक्तचापले मिर्गौलाका रक्तनलीहरूमा नराम्रो असर पार्छ । चिनी कम गर्दा तौल र रक्तचाप नियन्त्रण गर्न मद्दत पुग्छ । ग्लोबल बर्डन अफ डिजिजको अध्ययनमा, उच्च सुगर इन्टेकले उच्चरक्तचाप र बडी मास इन्डेक्स बढाउने पाइयो, जसले दीर्घकालीन मिर्गौला रोगबाट मृत्यु हुनेदर ९३.८ प्रतिशत योगदान दिन्छ ।
२. रक्तचाप नियन्त्रण हुन्छ र मिर्गौलामा दबाब पर्दैन
मिर्गौलाले रगत फिल्टर गर्छ र शरीरका विषाक्त पदार्थहरू बाहिर निकाल्छ । धेरै चिनी खाँदा ग्लुकोज स्तर बढ्छ । लामो समयसम्म उच्च रक्तचाप र हाइ ब्लड सुगरले मिर्गौलाका रक्तनलीहरू क्षतिग्रस्त हुन्छन् । यसै कारण उच्च सुगरले मिर्गौला फेल हुन सक्छ । ब्लड सुगर १८० एमजी÷डिएल भन्दा बढी हुँदा मिर्गौलाले सुगर युरिनमा स्पिल गर्छ, जसले मिर्गौलामा क्षति पुर्याउँछ । चिनीको मात्रा कम गर्दा मिर्गौलामा बढी दबाब पर्दैन र मिर्गौला स्वस्थ रहन्छ ।
३. फ्याटी लिभरको असरबाट बचाउँछ
रिफाइन्ड चिनी धेरै खानेहरूको तौल छिटो बढ्छ र फ्याटी लिभरको समस्या हुन्छ । यदि फ्याटी लिभर छ भने मिर्गौलामा पनि असर पर्छ । नन–एल्कोहोलिक फ्याटी लिभरसँग जोडिएको अध्ययनमा, उच्च सुगर इन्टेकले नन–एल्कोहोलिक फ्याटी लिभर निम्त्याउछ भन्ने निष्कर्ष निकालिएको छ । गुलियो पेय वा चिनी कम गर्दा मेटाबोलिक स्वास्थ्य राम्रो रहन्छ र मिर्गौलाको स्वास्थ्य बिग्रिँदैन । फ्रन्टियर्स इन न्युट्रिसन जर्नलमा, उच्च एडेड सुगरले नन–एल्कोहोलिक फ्याटी लिभर बढाउने र यसले मिर्गौला ड्यामेजलाई बढावा दिने उल्लेख छ ।
४. मिर्गौला स्टोनको जोखिम कम हुन्छ
धेरै चिनी खानेहरूमा युरिक एसिडको स्तर बढ्न सक्छ । उच्च युरिक एसिडले मिर्गौला स्टोनको जोखिम बढाउँछ । थपिएको चिनीको मात्राले मिर्गौला स्टोनको जोखिम बढाउँछ । चिनी कम गर्दा युरिक एसिड नियन्त्रण हुन्छ र मिर्गौला स्टोन बन्ने सम्भावना कम हुन्छ । मिर्गौला स्टोनका लागि सुगरले क्याल्सियम युरिनमा बढाउने र फ्लुइड घटाउने असर गर्छ ।
५. मिर्गौलाका जोखिम कारकहरू घट्छन्
मिर्गौला बिग्रनुका दुई ठूला जोखिम कारकहरू हुन्छन् इन्फ्लामेसन र मोटोपन । चिनी कम गर्दा इन्फ्लामेसन र मोटोपन दुवै घट्छ । इन्फ्लामेसनले मिर्गौलाको स्वास्थ्य बिगार्छ र मोटोपन हुँदा मिर्गौलाले बढी रगत फिल्टर गर्नुपर्छ जसले दबाब बढाउँछ । क्यानेडियन मेडिकल एसोसिएसन जर्नलमा, उच्च सुगरले इन्फ्लामेसन बढाउने र क्रोनि मिर्गौला डिजिजको जोखिम बढाउने उल्लेख छ । चिनी कम गर्दा मोटोपन र इन्फ्लामेसन दुवै नियन्त्रण हुन्छ । फ्रन्टियर्स इन इम्युनोलोजीमा, एडेड सुगरले क्रोनिक इन्फ्लामेसन बढाउने र मोटोपन निम्त्याउने पाइयो ।
प्रतिक्रिया 4