News Summary
Generated by OK AI. Editorially reviewed.- प्लानिङ ब्वाइज युनाइटेड र एनआरटीले राष्ट्रिय लिग फुटबलमा १-१ गोलको बराबरी खेलेका छन्।
- प्लानिङका प्रताप सिंहले ४१औं मिनेटमा गोल गरे भने एनआरटीका टिमोथी चिमेरीले पहिलो हाफको इन्जुरी टाइममा बराबरी गोल फर्काए।
- एनआरटीका ओमालाजा करिमले दोस्रो हाफको अन्त्यतिर रातो कार्ड पाएपछि टोलीले दस खेलाडीमा रहेर खेल समाप्त गर्यो।
१४ फागुन, काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेड र एनआरटीले राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा बिहीबार भएको खेलमा प्लानिङ र एनआरटीले १- खेल्दै अंक बाँडेका हुन् ।
प्लानिङका लागि प्रताप सिंहले ४१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर अग्रथा लामो समय टिकेन । एनआरटीका लागि टिमोथी चिमेरीले पहिलो हाफको इन्जुरी टाइममा बराबरी गोल फर्काए ।
दोस्रो हाफमा एनआरटीले गोल गर्ने केही राम्रा अवसर।गुमाएको थियो । ओमालाजा करिमले दोस्रो हाफको अन्त्यतिर रातो कार्ड सामना गरेपछि एनआरटीले दस खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।
बराबरीपछि ८ खेलबाट १७ अंक जोडेर प्लानिङ ब्वाइज दोस्रो स्थानमा उक्लेको छ । एपीएफ १९ अंकसहित शीर्ष स्थानमा छ । एनआरटी ८ खेलबाट १५ अंकसहित पाँचाै स्थानमै यथावत छ ।
आजै त्रिभुवन आर्मी एफसी र जावलाखेल युथ क्लबबीच खेल हुनेछ ।
प्रतिक्रिया 4